• Breaking News

    संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु

    २३ मंसिर, काठमाण्डौ । चुनावमा निकै कमजोर नतिजा आएपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । सभापति शेरबहादुर देउवाको कमजोरीका कारण कांग्रेसले पराजय बेहोर्नुपरेको अधिकांश नेताहरुले बताएका छन् । यद्यपी तत्काल पार्टी सभापति नै फेर्ने विषयमा भने कसैले पनि मुख खोलेका छैनन् । तर संसदीय दलको नेता भने महामन्त्री शशांक कोइरालालाई बनाउने चर्चा चलेको छ । शेरबहादुर देउवालाई सभापतिबाट हटाउनुभन्दा कोइरालालाई संसदीय दलको नेता बताएर संसदमा बलियो प्रतिपक्ष बन्नेतिर लाग्नुपर्नेमा धेरैले जोड दिएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर