२४ मंसिर, काठमाण्डौ । टुलुटुलु हेर्ने वा यसरी हेर्ने जिम्मा छोडिद्ने ? फैसला गरौंला काठमाडौंमा माओवादीले वाम गठबन्धनका तर्फबाट चुनाव लडेको ३ वटा छेत्र मध्ये ३ वटै हार्यो किन यस्तो भयो ? प्रश्न गम्भीर छ थोरै मत (माओवादी) ले धेरै मत (एमालेको) लिन नसकेर, उमेद्वार छनोट प्रकृया मनोगत भएर वा छापामार शैली अपनाएर, पात्रहरू अलोकप्रिय भएर वा माओवादी आन्दोलन काठमाडौंमा सामाजिकरण हुन् नसकेर…… आदि आदि ! यसको जिम्मा कसले लिने, काठमाडौंको जिल्ला पार्टी के हेरेर बस्दो हो, पद मात्र ओगट्ने नेताले अब पनि पद नछोड्ने ? आदि आदि यस्ता प्रश्न उठ्नु स्वभाविक छ ्र चित्त बुझ्नेगरी फैसला आउने नै छ ्र अहिलेलाई यति मात्र ….. काठमाण्डौ जिल्लाको नतिजा आएपछि माओवादीका युवा नेता लेखनाथ न्यौपानेले फेसबुकमा राखेको स्टाटस हो यो । उनले वाम गठबन्धनबाट उम्मेदवार बनाइएका तीनै जना माओवादी नेताले किन हारे भनेर अनेकन प्रश्न गरेका छन् । पक्कै पन एमाले–माओवादीले गरेको वाम गठबन्धनमा काठमाण्डौका १० निर्वाचन क्षेत्रमध्ये तीन वटा माओवादीलाई दिएर सातवटा क्षेत्र एमालेले राखेको थियो । जसमध्ये माओवादीका तीनै जना उम्मेदवारले हार्दा एमालेका ६ जनाले जिते । एमालेबाट पराजित काठमाण्डौ क्षेत्रनम्बर ४ का राजन भट्टराई मात्रै हुन् । उनले हार्नुको पछाडि अरु कुनै प्रश्न छैन, किनकी त्यस क्षेत्रमा कांग्रेसले प्रभावशाली युवा नेता गगन थापालाई उठाएको थियो । अरु सबै ठाउँमा एमालेका उम्मेदवारले जिते । तर माओवादीका एक जनाले पनि जित्न सकेनन् । त्यसैले विभिन्न आशंका उब्जिएको छ । काठमाण्डौमा एमालेले माओवादीका उम्मेदवारलाई खुलेर सहयोग नगरेकाले तीनै जना उम्मेदवार पराजित हुन पुगेको कतिपयले अनुमान गरेका छन् । माओवादी नेता न्यौपानेले गरेका अनेक प्रश्नमा एमालेले सहयोग नगरेको हो कि भन्ने आशंका देखिन्छ ।
No comments:
Post a Comment