काठमाडौं, २७ मंसिर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआईजी जयबहादुर चन्दले नवनिर्वाचित सांसद नवराज सिलवाललाई टेलिफोन गरेर बधाई दिएका छन् । चन्दले मंगलबार विहान टेलिफोनमार्फत सिलवाललाई ‘जय नेपाल’ भन्दै बधाई दिएको चन्दनिकट स्रोतले बतायो । उनले विगतमा परिस्थितीले जे जस्तो भएपनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत स्पष्ट पारेका थिए । जवाफमा सिलवालले आफू कसैप्रति पूर्वाग्रही नबन्ने र आफ्नो लागि पद ठूलो कुरा नरहेको भन्दै आईजीपीमा रोकेर सांसद बन्ने अवसर जुराइदिएकोमा चन्दलाई धन्यवाद दिएको स्रोतले जानकारी दियो । ‘आईजीपी प्रकरणमा त्यति ठूलो वैमनश्यता हुँदा पनि चन्द सा’पले सिलवाल सा’पसँग खुलेरै कुरा गर्नुभयो । सिलवाल सा’पले पनि सकारात्मक जवाफ दिनुभयो । अगाडि सहकार्य गरेर जानुपर्छ भन्ने समझदारी पनि भएको छ,’ चन्दनिकट एक प्रहरी अधिकृतले भने ।
No comments:
Post a Comment