कैलाली ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार आरजु राणाले अग्रता लिएकी छन् । सुरुमा वाम गठबन्धनका नारदमुनि रानाले अग्रता लिएका थिए । तर, अहिले आरजु अगाडि छिन् । आरजु एकाएक अगाडि गएपछि बाम गठबन्धन चकित परेको छ । आरजुले ८ हजार ९९० मत पाएकी छन् भने एमालेका नारदमुनि ७ हजार ९७० मतका साथ उनलाई पछ्याइरहेका छन् । उता डडेल्धुरा जिल्लामा प्रतिनिधी सभातर्फ प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले ६०८६ मत पाएका छन् । बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले ३०९५ मत पाएका छन् । पछिल्लो मत परिणाम अनुसार डडेलधुराको प्रदेश सभा ‘क’मा कांग्रेसका रघुवर भट्टले ३४०२ मत पाएका छन् । एमालेका पठान सिंह बोहराले मत ४७३८ पाएका छन् । प्रदेश सभा ‘ख’मा कांग्रेसका कर्णबहादुर मल्लले ३६१६ मत पाएका छन् भने एमालेका डा तारा जोशीले २६८० मत पाएका छन् । यता कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् । केहिबेर अघि सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा विजयी भएका हुन् । थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराईले १८ हजार १४० मत पाए । यस क्षेत्रबाट विवेकशील साझा पार्टीकी उम्मेदवार सुवुना बस्नेतले ३ हजार ४० पाइन् ।
No comments:
Post a Comment