• Breaking News

    नुवाकोटका हेभीवेट कांग्रेस नेताद्वय महत र केसीले नसोचेको मत परिणाम, को अगाडी को पछाडी ?

    बिगतमा नुवाकोटमा आफ्नो पकडमा पारेका र यस पटक पनि निश्चिन्त बिजयी हुने आशामा रहेका नुवाकोटका हेभीवेट द्वय रामशरण महत र अर्जुननर्सिंङ केसीलाई जारी मतगणना भारी परेको छ | निरन्तर अग्रता बढ्दै जाँदा र ठूलो मतान्तर थपिएपछी दुवै कांग्रेस नेताहरुलाई ‘कम ब्याक’ हुन निकै मुश्किल हुने देखिन्छ | रामशरण महतको त केहि आशा राख्न सकिएला तर अर्जुननर्सिंङ केसीलाई भने ५ हजार भन्दा बढी मत एकोहोरो आफ्नो पक्षमा आए पनि जितको लागि आशा गर्न सकिने ठाउँ निकै कम रहेको छ | नुवाकोट क्षेत्र नम्बर २ को पछिल्लो अपडेट अनुसार बामका तर्फबाट एमालेका नारायण खतिवडाले १८०६४ को योगफल तयार गर्दा कांग्रेस नेता अर्जुननरसिंह केसीले १२९१४ मत मात्र पाएका छन् | यहाँ उनीहरुको मतान्तर ५१५० पुगेको छ | उता क्षेत्र नम्बर १ को मत परिणाम अनुसार पुर्व अर्थमन्त्री समेत बनिसकेका डा. रामशरण महत माओवादी केन्द्रका उम्मेदवारभन्दा निकै पछाडी छन् | यहाँ माओवादी केन्द्रका हितवहादुर तामाङले १४१८३ मत पाउँदा नेपाली कांग्रेसका डा.रामशरण महतले ११६५१ मत पाएका छन् | मतान्तरको कुरा गर्ने हो भने यहाँ महतभन्दा तामाङको पक्षमा २५३२ मत बढी देखिन्छ | प्रदेशको स्थिति

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर