• Breaking News

    डडेलधुराबाट आयो शेरबहादुर देउवाको पछिल्लो अपडेट, यस्तो छ अहिलेको ताजा अवस्था

    डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहनु भएको छ । प्रधानमन्त्री देउवाले छ हजार ८२२ मत ल्याउनुभएको छ, भने उहाँलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहनुभएको छ । प्रदेश एकमा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा छ हजार २९५ मत ल्याएर अगाडि हुनुहुन्छ भने उहाँलाई काँग्रेसका रघुवर भट्टले चारहजार ५०२ मतले पछ्याइरहनु भएको छ । प्रदेश २ मा नेपाली काँग्रेसका उम्मेदवार कर्ण मल्ल पाँचहजार ४१७ मतले अगाडि हुनुहुन्छ भने उहाँलाई वाम गठबन्धनका तारा जोशीले चार हजार २९७ मतल्याएर पछ््याइरहनुभएको छ । दुईवटा प्रदेश रहेको डडेल्धुरामा प्रदेश–(क) मा वामका उम्मेदवार अगाडि रहनुभएको छ भने प्रदेश (ख) मा नेपाली काँग्रेसका उम्मेदवार कर्णमल्ल अगाडि रहनु भएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर