• Breaking News

    करिब ५६ हजार मत ल्याएर बामगठबन्धनका उम्मेदवार विजयी, अहिले सम्मकै ठूलो मतान्तर !

    २०७४ मंसिर २३ गते दोलखा, २३ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ । एमाले केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज गुरुङ यसअघि ०७० सालमा दोलखा १ बाट निर्वाचित भएका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर