• Breaking News

    जित पछी प्रचण्डलाई बधाई दिन पोखराबाट चितवन पुगेकी सिर्जनालाइ के भने प्रचण्डले?

    १६० सिटको नतिजा सार्वजनिक, ११५ सिट जित्दै वाम गठबन्धन पहिलो २६ मङ्सिर २०७४ चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुहारी सिर्जनाले भेटेरै बधाई दिएकी छन् । प्रकाश दाहालको निधनपछि पोखरास्थित माइती घरमा बस्दै आएकी सिर्जना भरतपुर पुगेर सोमबार प्रचण्डलाई बधाई दिएकी हुन् । प्रचण्डले आफूलाई बधाई दिन आएकामा सिर्जनालाई धन्यवाद दिए । ‘हजुरलाई बधाई दिन पोखराबाट आएको । हजुरले जितेकामा धेरै खुसी छु’, सिर्जनाले भनिन् । जवाफमा प्रचण्डले धन्यवाद दिँदै बुहारीको सञ्चो बिसञ्चो सोधेका थिए ।पती प्रकासको निधन पछी काठमाडौं प्रचण्ड नीबास मै बस्ने भन्ने ब्यापक हल्ला चलेको थीयो । तर सिर्जना अहीले पोखरा मै बस्छीन चुनाब मा प्रचण्डको प्रचारप्रसारमा सहयोग गरेकी प्रकास पत्त्नी स्रीजना आफ्नो ससुरा प्रचण्ड संग राम्रो सम्बन्ध छ । प्रकाशको निधनपछि प्रचण्ड निवास लाजिम्पाट गएकी सिर्जना धेरै दिन त्यहाँ बसिनन् । सिर्जनातिरका प्रकाश पुत्र प्रसिद्धलाई भने प्रचण्ड परिवारले आफैंसँग राखेको छ । चुनावभरि प्रसिद्ध हजुरबुबाबा साथ रहे । अब पनि उनलाई आफैंसँग राख्ने प्रचण्डले बताए । ‘बाबु (नाति) अब हामीसँगै बस्छ । हामी काठमाण्डु आउँदा सँगै आउँछ’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर