• Breaking News

    भट्टराईले खराब नतिजाका लागि तयार हुनु पर्ने बताए

    गोरखा– २ को जारी मतगणनामा केही पछि परेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले खराब नतिजाका लागि तयार हुनु पर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले राम्रो नतिजाका लागि आशावादी हुने र खराब नतिजाका लागि तयार रहनु पर्ने बताएका छन्। उनले आधा नेपाली र आधा अग्रेजीमा लेखेका छन्– परीक्षा/चुनावी नतिजा पर्खनेहरू सबैलाई मेरो स्थायी सुत्र छ, राम्रोका लागि आशा गर्ने अनि खराबका लागि तयार रहने अनि तनाव हुन्न। पछिल्लो मतपरिणामअनुसार गोरखा–२ मा भट्टराई माओवादी नेता नारायणकाजी श्रेष्ठभन्दा ३५ मतले पछाडि छन्। श्रेष्ठले १८२४ मत पाएका छन् भने भट्टराईले १७८९ मत ल्याएका छन्।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर