• Breaking News

    ३९ मध्ये वाम गठबन्धन ३ सिटमा विजयी, दुई तिहाइभन्दा बढी क्षेत्रमा अगाडि

    पहिलो चरण मंसिर १० गते चुनाव भएका ३२ जिल्लाका ३७ स्थान को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ भने तीन स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। प्रतिनिधि सभामा एमाले उम्मेदवार मनाङ र मुस्ताङमा विजयी भएका छन्। माओवादी केन्द्र रुकुम पूर्वमा विजयी भएको छ। प्रदेशतर्फ पनि तीन क्षेत्रको परिणाम अाएको छ। का‌ग्रेसले मनाङमा एउटा प्रदेश सभा जितेको छ। मनाङमै गुन्डा नाइके भनेर चिनिएका स्वतन्त्र उम्मेदवार दीपक मनाङ विजयी भएका छन्। मुस्ताङमा एमालेले एक प्रदेश सभा जितेको छ भने अर्कोमा पनि उसैको अग्रता छ। प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभाका मतगणना जारी ३६ मध्ये १८ सिटमा एमाले उम्मेदवारले अग्रता लिएका छन्। वाम गठबन्धनको अर्को दल माओवादी केन्द्रका ११ उम्मेदवार अगाडि छन्। कांग्रेस उम्मेदवार पाँच ठाउँमा अगाडि छन्। हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। गोरखा-२ मा नयाँशक्तिका बाबुराम भट्टराईको अग्रता छ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर