• Breaking News

    प्रदेश २ मा राजपा र फोरमको सरकार : के छुट्टै मधेस राज्य सम्भव भएकै हो ?

    काठमाडौं : तराई र भारतसँग सीमा जोडिएका आठ जिल्ला रहेको प्रदेश २ मा प्रत्यक्षमा ६४ स्थान रहेको छ । प्रदेश २ मा मिश्रित परिणाम आएको छ । अहिलेसम्म आएको ६१ स्थानको मतपरिणाम हेर्दा २ प्रदेशमा कसको सरकार बन्छ भन्न निश्चित नभए पनि राष्ट्रि जनता पार्टी र संघीय समाजवादी फोरमको सरकार बन्ने निश्चित जस्तै देखिन्छ । प्रदेश २ को सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्नेछ । राजपा र संघीय समाजवादी फोरमले ३४ क्षेत्रमा जित हासिल गरिसकेको छ । राजपाले १४ र संघीय समाजवादी फोरमले २० स्थान जितेका छन् । एमाले १३ र माओवादी केन्द्र ६ गरी १९ स्थान जितेका छन् । कांग्रेसले ६ क्षेत्रमा जित हासिल गरेको छ । एकमा स्वतन्त्रले जितेका छन् । नतिजा आउन बाँकी ४ स्थान मध्ये एक ठाउँमा एमाले र तीनमा संघीय समाजवादी फोरमको अग्रता छ । समानुपातीक ४३ सदस्य सहित प्रदेश २ को संसद १ सय ७ सदस्यीय हुनेछ । प्रदेश २ मा वाम गठबन्धन भन्दा राजपा र संघीय समाजवादी फोरमले सरकार बनाउने सम्भावना बढी छ । यो भएसँगै मधेस राज्यको माग समेत राखेर आन्दोलन गर्ने दलकै नेतृत्वमा सरकार बन्ने हुँदा मधेस राज्य बन्छ त भन्ने प्रश्न समेत उठ्न थालेकोछ । यद्यपी उक्त आवाज जतिबेला मत्थर भइसकेकाले त्यो सम्भव नहुने सबैको बुझाइ रहेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर