काठमाडौं, २७ मंसिर । नायिका जेनिशा केसीले बलिउड सुपरस्टार सलमान खानसँग भेट गरेकी छन् । उनी लामो समयदेखि बलिउड चलचित्रमा काम गर्ने लक्ष्य सहित मुम्बइमा छिन् । उनले केही भोजपुरी चलचित्रमा पनि काम गरेकी छिन् । उनले सलमानसँगको भेटलाई विशेष भनेकी छिन् । फेसबुकमा स्टाटस लेख्दै नेपाली सुन्दरीले यो भेटको कारण चाडै नै शेयर गर्ने समेत लेखेकी छिन् । सलमानसँगको भेटको अवसर भने बलिउडका अर्का नायक मिथुन चक्रवर्तीले मिलाइदिएका हुन् । सलमानले जेनिशालाई नेपाली चलचित्र, उनले काम गरेका चलचित्रको बारेमा सोधेको बताइएको छ ।
No comments:
Post a Comment