२७ मंसिर, बिराटनगर । सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव जितेका विजयकुमार गच्छदार बिराटनगरस्थित नेपाल राष्ट्र बैंकको आवास गृहमा बसेका थिए । उपप्रधानमन्त्रीका रुपमा सरकारी आवासमा बसेका गच्छदारले चुनाव जितेपछि पत्रकारसँग बोल्न मानेनन् । उनले केहीबेरमा इनरुवा पुगेपछि मिडियालाई प्रतिक्रिया दिने बताए । एमाले नेतृ भगवती चौधरीलाई हराउँदै प्रतिनिधिभाको चुनाव जितेका गच्छदारलाई सासूआमा पम्फादेवी श्रेष्ठले टाउको हात राखेर आर्शिवाद दिँदै भनिन्– ‘अब देशको प्रधानमन्त्री हुनू ।’ गच्छदारलाई सासूआमाले माला र टीका लगाएर आशिर्वाद दिइन् । त्यसैगरी सुनसरीको रामगञ्ज बेलगाछिया निवासी कांग्रेस निकत किसान संघका नेता ८४ वर्षीय प्रेमबहादुर गौतमले नवनिर्वाचित गच्छदारलाई आर्शिवाद दिए । पारिवारजनबाट आशिर्वाद लिएपछि गच्छदारले बिराटनगरमै खाना खाए । र, उनी अहिले निर्वाचन कार्यालयले वितरण गर्ने प्रमाणपत्र लिन एवं मतदातालाई धन्यवाद दिन सुनसरीको सदरमुकाम इनरुवातिर लागेका छन् । उता गछेदार ले प्रधानमन्त्री बन्ने आशिर्वाद पाएको खबरले पक्कै पनि ओली निवाशमा ठट्टा सम्झिएर हाँसो चलेको हुन सक्छ । अबको प्रधानमन्त्री बन्ने पहिलो बरियता भनेको ओलिनै हुन् ।
No comments:
Post a Comment