काठमाण्डु, २७ मंसिर – नेत्रबिक्रम चंद विप्लवको नेतृत्वमा रहेको नेकपाको सेती व्यूरोले चुनाव अघि बिना कारण पक्राउ गरेको भन्दै आफ्ना नेता–कार्यकर्तालाई यथाशीघ्र रिहाई गर्न माग गरेको छ । नेकपाका सेती व्युरो इन्चार्ज सिकन्दरले बुधबार जारी गरेको विज्ञप्तिमा आफ्ना कार्यकर्ता संगठन बिस्तार र सुदृढिकरणमा लागेका बेला बिना कारण पक्राउ गरेको उल्लेख गरेका छन् । आफ्ना नेता कार्यकतालाई ततकाल रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । चुनावअघि निर्वाचन बिरोधि गतिबिधिमा संलग्न रहेको आरोपमा नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
No comments:
Post a Comment