• Breaking News

    बारामा २७ दिनको बच्चाको लिंग काटियो

    वीरगञ्ज, ८ मंसिर – बाराको कलैयामा एक नवजात शिशुको लिंग काटिएको छ । बाराको कलैया उप–महानगरपालिका वडा नं ४ बस्ने चाँद महम्मद र टहरी खातनुको २७ दिनको छोराको लिंग काटिएको हो । शुक्रबार बिहान ४ बजेतिरको समयमा छोरालाई ओछ्यानमै छोडेर आमा बाहिर निस्केकी थिइन् । आमा बाहिर निस्किएको केही बेरमै झूलभित्र सुतिरहेको बच्चा रुन कराउन थालेपछि हेर्दा लिंग काटिएको अवस्थामा भेटिएको परिवारले जनाएको छ । शिशुको नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेजमा रिफर गरिएको स्वास्थ्यकर्मी जयमोद ठाकुरले जनाएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर