७ मंसिर, काठमाडौं । आफूलाई अवतारी लामा भन्दै उपचारका नाममा महिलाहरुलाई यौन शोषण गरेको आरोपमा टुल्कु लामा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले सिन्धुली दुम्जा घर भएका ५६ वर्षका रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई पक्राउ गरेको हो । उनको १० वर्षदेखि दक्षिणकाली नगरपालिका १ चाल्नाखेल, वोशनमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा सञ्चालन गरेका थिए । उनले आफू अवतारी लामा भएको र दशौं पुस्तासम्म एउटै कुलमा जन्मिएकाले दैवी शक्ति रहेको दाबी गर्दै आएका थिए । तर, उपचारका लागि आएका महिलाहरुमाथि यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनले उपचारका क्रममा एक्लो कोठामा लगेर निर्वस्त्र बनाउने र शारिरीक सम्बन्ध राख्ने गरेका थिए । साथै यसबारे बाहिर भनेमा ठूलो क्षति हुने भन्दै धम्की दिने गरेको पाइएको छ ।
No comments:
Post a Comment