• Breaking News

    एमालेका वामदेव गौतम कांग्रेसका संजय गौतमसँग लज्जास्पद पराजय ।

    २४ मंसिर । काठमाडौं वाम गठबन्धनका सूत्रधार वामदेव गौतम नै पराजित हुन पुगेका छन् । बर्दिया १ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका वामदेव गौतम कांग्रेसका संजय गौतमसँग पराजित भएका हुन् । कांग्रेसका संजयले ३७११४ मत ल्याएर विजयी हुँदा एमालेका वामदेवले ३४३४६ मत मात्र ल्याए । एमालेका वामदेव २६६८ मतले पराजित भएका हुन् । देभभर वामहरुको लहर आइरहेका बेला वाम गठबन्धनका सूत्रधार नेता वामदेव नै पराजित भएपछि एमालेमा हल्लीखल्ली मच्चिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर