धरान : धरान-धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो।तर घटनास्थलमा नेपाली सेनाको टोली नआउँदै बाँदरले उक्त बम टिपेर लगेपछि प्रहरी अाश्चर्यमा परेका थिए। बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरी बम पड्काइदिन्छु र ध्वस्त बनाइदिन्छ' भन्ने लेखिएको कागज र केही शंकास्पद वस्तु फेला परेको इलका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए। धरानमा बम आतंक बढ्न थालेपछि प्रहरी र नेपाली सेनाले सुरक्षा सतर्कता बढाएका छन्।
No comments:
Post a Comment