• Breaking News

    बाम गठबन्धनलाइ एक पछि अर्को खुसीको लहर ललितपुर ३ पम्फा भुषाल विजयी

    ललितपुर, २३ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनकी उम्मेदवार पम्फा भुषाल विजयी छिन् । उनले २४ हजार ३६ मत प्राप्त गरी विजयी भएकि हुन । उनका निकटतम प्रतिस्पर्धी नपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरेका थिए ।सुरुवाती रुझानदेखि नै अमात्यले अग्रता कायम गरे पनि माओवादी केन्द्रकी प्रभावशाली नेतृ पम्फा भुषालले शुक्रबार बेलुकीदेखि अग्रता हासिल गर्दै विजय भएकि छिन् । पार्टी विभाजनपछि केही समय उनी माओवादी वैद्य समूहमा लागे पनि पछि मूल पार्टी माओवादी केन्द्रमै फर्केको थियो । मदनबहादुर अमात्य भने २०७० सालमा ललितपुर ३ बाटै निवाृचित भएका थिए । २०७० मा ३ वटै निर्वाचन क्षेत्र जितेको कांग्रेसले यो पल्ट दुई क्षेत्र गुमाइसकेको छ । नतिजा आउन बाँकी रहेको ललितपुर १ मा पनि नेकपा एमालेका उम्मेदवार तथा पूर्व डिआइजी नवराज सिलवाल अगाडि रहेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर