• Breaking News

    प्रचण्ड सुरूमै स्तब्ध, ९० मतको घाटा अन्तर व्यहोरे

    काठमाडौं । वहुप्रतिक्षित चितवन क्षेत्र नम्बर ३ को प्रारम्भिक मत परिणाम आएको छ। यो परिणामले वाम गठबन्धनका उम्मेद्वार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुरूमै स्तब्ध पारिदिएको छ। प्रचण्ड आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिकका साझा उम्मेद्वार विक्रम पाण्डे भन्दा उल्लेख्य मतले पछाडी छन्। पाण्डेले २ सय ७६ मत ल्याउँदै प्रचण्ड १ सय ८६ मत पाएका छन्। सुरूकै नतिजामा प्रचण्डले ९० मतको घाटा अन्तर व्यहोरेका छन्। एमाले नेता देवी ज्ञवालीले दिएको जानकारी अनुसार प्रारम्भिक मत गणनाको नतिजा मेघौलिया क्षेत्रको हो। त्यहाँ पाण्डेको प्रभाव तुलनात्मक राम्रो छ। ज्ञवालीले डिसी नेपालसँगको टेलिफोन संवादमा प्रारम्भिक मत परिणामले खासै अर्थ नराख्ने भन्दै अहिले नै अत्तालिनु पर्ने संकेतका रूपमा यो परिणामलाई नलिन आग्रह गरे।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर