काठमाडौं, २० मंसिर । निर्वाचन आचारसंहिता विपरित मतदातालाई आकर्षित गर्न पैसा बाँड्न पुगेका एमालेका कार्यकर्तालाई स्थानीयले नियन्त्रणमा लिएर फर्काएका छन् । काठमाडौं क्षेत्र नम्बर २ को नाङलेभारेमा मतदातालाई आकर्षित गर्न पुगेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका भाञ्जा नितेश पौडेलसहितलाई नियन्त्रणमा लिएर हात बाँधेर गाउँबाट फर्काएको स्थानीयले बताएका छन् । मौनअवधिमा समेत गाउँमा आएर आचारसंहिता विपरित मतदातालाई आकर्षित गर्न खोजेको भन्दै नाङ्लेभारेको लामाटोलबासीले उनीहरुलाई नियन्त्रणमा लिएर छाडेका हुन् । माधव नेपाल काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका छन् ।
No comments:
Post a Comment