• Breaking News

    अोलि प्रधानमन्त्री बन्ने भए पछि भारतमा हलचल, भारतिय पत्रिकाले अोलिको बारेमा यस्तो लेख्यो

    काठमाडौं, २६ मंसिर : भारतको प्रभावशाली अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको मंगलवार प्रकाशित सम्पादकीयमा नेपालको वाम गठबन्धनले सरकार बनाउने सुनिश्चित भएपछि देशमा अब स्थिर सरकार बन्ने टिप्पणी गरिएको छ । सम्पादकीयमा लेखिएको छ : महाभूकम्पपछि भ्रष्टाचार, आर्थिक वृद्धिको अभाव र विनाशको सामना गरेको नेपालका लागि यो राम्रो खबर हो । तर यसले भारतलाई धेरै असहज बनाएको छ । नयाँ दिल्लीसँग राम्रो सम्बन्ध नभएका र चीननिकट मानिने केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना रहँदा नेपालको भूरणनीतिक नीतिमा परिवर्तन आउनसक्ने देखिन्छ । नेपाल अहिले भारत र चीनबीच मध्यवर्ती इलाकाका रूपमा रहेको छ तर खुला सिमानाका कारण उसको झुकाव जहिले पनि भारततर्फ छ । वास्तवमा महाभूकम्पपछि भारतले २४ घन्टाभित्र मानवीय तथा बन्दोबस्ती सहयोग उपलब्ध गराएको थियो । नेपाल मात्र त्यस्तो देश हो जसका नागरिकले भारतीय सेनामा भर्ती हुन पाउँछन् । केपि वलि प्रधानमन्त्री हुने भएपछि अात्तियो भारत डराए मोदी । कारण यस्तो तर भूकम्पपछि कमाएको सुभावना भारतले नाकाबन्दी लगाएर गुमायो । नेपालको नयाँ संविधानमा मधेशी लगायतका निश्चित समुदायको पर्याप्त प्रतिनिधित्व नभएको भन्दै भारतले असन्तुष्टि व्यक्त गर्दै नाकाबन्दी लगायो । अहिले वाम गठबन्धनले जीत हासिल गर्दा भारतले संकेतहरू राम्ररी पढ्न नसकेको देखाउँछ । अब भारतले चाहे पनि नचाहे पनि नेपाली राजनीतिमा बेइजिङले ठूलो भूमिका खेल्छ । चीनले नेपाललाई आफ्ना बन्दरगाहहरूमा पहुँच दिइसकेको छ र उसले संयुक्त रेल सेवा निर्माणको कुरा चलाइरहेको छ । तर सबभन्दा महत्त्वपूर्ण कदम भनेको चीनले नेपाललाई तेल आपूर्ति गर्नु हो । अहिलेसम्म नेपालमा तेल भारतबाट मात्र आउने गरेको थियो । नेपालसँग कूटनीतिक सम्बन्ध थप जटिल हुने यसले देखाउँछ । त्यसैले भारतले अब नयाँ सरकारसँग विकास निर्माणमा काम गर्न इच्छाशक्ति देखाउनुपर्छ र उसको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको देखाउनुहुँदैन । गठबन्धनको लहर आएकै बेला भारतीय नायिकाले भनिन गोरखपुर नेपालकै भूमि हो । भारतमा काम गर्ने लाखौं नेपालीहरूका लागि नेपालले नयाँ दिल्लीसँग सुसम्बन्ध बनाउनु जरूरी हुन्छ । त्यसैले यो कुशल कूटनीतिक कदम चाल्ने समय हो । दिल्लीले नेपालको नयाँ सरकारका चिन्ताहरूलाई सम्बोधन गर्ने इच्छा देखाउनुपर्छ । काठमाडौं बेइजिङसँग नजिकिएमा त्यसले भारतमा नकारात्मक परिणामहरू आउँछन् । तिनलाई तत्कालै ‘डील’ गर्नु जरूरी छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर