• Breaking News

    यस कारणले हारेको रहेछ नेपाली कांग्रेसले पड्नुहोस सनसनी पूर्ण लेख....

    फुर्बान रायमाझी ,पोर्तुगल म एक सर्वसाधारण नागरिक। काङ्ग्रेसले हारेको पीडाले लेखेको होइन,बाम गठबन्धनको जितले लेखेको पनि होइन।देखेको लेख्नलाई पार्टीको झण्डा बोक्नुपर्दैन्न।पीडाकै कुरा लेख्ने हो भने केही असल र योग्य ब्यक्तिहरुले हारेका छन,जित्नुपर्थ्यो। सिङ्गो काङ्ग्रेस हारेको छ।काङ्रेस हार्नुका आफ्नै कारणहरु पनि छन।बामबन्थी गठबन्धनको कारण काङ्ग्रेस हार्‍यो भन्दै काङ्ग्रेसका नेताहरु हारबाट उम्किन खोजे भने काङ्ग्रेस झन सकिन्छ।काङ्ग्रेस हार्नुको एक कारण गठबन्धन पक्कै हो तर यहि मात्रै कारण होइन। १)काङ्ग्रेस सभापति शेरबहादुर देउवा बिबिसी सेवाको एक कार्यक्रममा देखिए,उनको शैली,प्रस्तुतीकरण देखेर सारा जगत छक्क पर्यो।भूषण दाहाल र दिलभुषण पाठकको अन्तरवार्ता पनि उस्तै स्वभावमा देखिए देउवा।उनका यी कार्यक्रमहरु यति हिट भए कि हजारौ पटक हेरिए,सयौं फुर्बानहरुले दोहोर्याएर हेरे।सो कार्यक्रम हेरेपछि सिङ्गो काङ्ग्रेस पार्टीको नेतृत्वको असक्षमतामाथी सयौं प्रश्नहरु थपिए तर उत्तर आएन।उत्तरको बिकल्प भोट अन्तै गयो। २)भारतीय नाकाबन्दीको समयमा काङ्ग्रेस नेतृत्वको भुमिका र चरित्रमाथी सयौं प्रश्नहरु थपिए।स्पष्ट अडान लिन सकेन काङ्ग्रेस नेतृत्व।केही युवा नेताहरु खरो रुपमा बोलेपनी सिङ्गो पार्टीको स्पष्ट धारणा आउन सकेन।सो समय भारतसँग रिसाएका नेपालीहरुलाई काङ्ग्रेस नेतृत्वको मौनता मन परेन। ३)लोकमान सिंह कार्की र शुशीला कार्कीको महाअभियोग तथा आईजीपी नियुक्तिको बिषयमा काङ्ग्रेस बिबादित भयो।संगठन र आम जनतासामु उच्च छवि बनाएका शुशीला कार्की र नवराज सिलवालको पक्षमा आम सर्वसाधारणहरु उभिएका थिए भने सो समय काङ्ग्रेस बिपक्षीजस्तै थियो। ४)काङ्ग्रेस भित्रकै केही लोकप्रिय नेताहरु टिकट नपाएर टेलिभिजनको कार्यक्रममा रुँदै थिए,कतै टिकट बार्गेनिङका न्युजहरु आउँदै थिए।योग्य र सक्षम ब्यक्तिहरु चुनाबी प्रतिस्पर्धामा थोरै थिए,जनताहरु सिङ्गो पार्टी र नेतृत्वमाथी प्रश्न थपिरहेका थिए। ५)चुनाव निश्चितै हारिन्छ भन्ने आकलन गरेर केही योग्य नेताहरु चुनावबाट भागे,केही उम्मेदवारहरुले आफ्नो प्रचार प्रसार लगायतका कार्यक्रमहरुमा जाँगर देखाएनन। ६)तराइ-मधेशको आन्दोलन र मधेसीहरुको मागमा बिषयमा स्पष्ट धारणा हुन नसक्नु काङ्ग्रेसको अर्को कमजोरी हो। ७)संगठन कमजोर र निष्कृय,पार्टीभित्रको गुटको राजनिती,युवाहरुको उपस्थिती कम,अघिल्लो र यसपटकको नेतृत्वको ब्यक्तिगत प्रभाव र क्षमता लगभग शून्य। ८) भ्रष्टाचारी चुनाव लड्न पाउनुपर्छ भनेर हस्ताक्षर गर्नेहरु उम्मेदवार। ९) सरकारमा दुई प्रधानमन्त्री पुग्दा पनि आम जनतामाझ भोट माग्ने लोकप्रिय बिषय नहुनु(जस्तै एमाले-बढेको बृद्धभत्ता र माओबादी-उज्जालो नेपाल)जनता प्रत्यक्ष बिकास खोज्छ र देख्छ। अरु थप्दै जानुस वा विश्लेषण होला।भोलि संसदमा काङ्ग्रेस एक्लो हुँदा कार्यकर्ताहरु सडक आन्दोलन गर्लान,त्यसो भयो भने काङ्ग्रेस अझै कमजोर हुनसक्छ।आफै बारम्बार सरकारमा भएर हारेको काङ्ग्रेसलाई सरकार बाहिरबाट जनताको मन जित्न फलामको चिउरा चपाउनु जस्तो हुने निश्चितै छ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर