• Breaking News

    नौलो सनसनीपुर्ण खुलासा, बामदेव र नारायणकाजीलाई हराउन ओली र प्रचण्डकै गोप्य योजना

    २०७४, २४ मंसिर आईतवारमङ्सिर २४, काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको जारी मत गणनाको परिणाम अाइरहेको छ । परिणामले नेकपा एमाले र माओवादी केन्द्रलाई अागामी सरकारको चावी बुझाउने देखिएको छ । यो समाचार तयार पार्दासम्म एमालेले ४७ स्थानमा जित हात पारिसकेको छ भने ३१ स्थानमा अग्रता लिएको छ । त्यसैगरी माओवादी केन्द्रले १६ स्‍थानमा जितेको छ भने १३ स्थानमा अग्रता लिएको छ । अहिलेसम्मको चुनावी नतिजाले नेपाली काँग्रेसलाई तेस्रो स्थानमा झारेको छ । उसले २०६४ को माओवादीको राप र तापमा समेत बचाएका क्षेत्र यसपटक गुमाएको छ । पछिल्लो नतिजाअनुसार काँग्रेसले १० ठाउँमा जित हासिल गरेको छ भने १९ स्थानमा अग्रता लिएको बताइन्छ । बाँकी नतिजा जस्तो अाएपनि यस पटकको निर्वाचनको परिणाम काँग्रेसको लागि दुःखद् नै हुने देखिएको छ । चुनावको अन्तिम परिणामपछि काँग्रेस नेताहरुले हारको समग्र समिक्षा गर्ने नै होलान् । काँग्रेसले चुनावमा जनतामा नयाँ एजेण्ड दिन पनि सकेन र बलियो गठबन्धन बनाउन पनि सकेन । न त एमाले-माकेको गठबन्धभित्र अन्तरविरोध हाल्न नै सक्यो । एमाले-माकेको गठबन्धन बनेपछि काँग्रेसले पनि रणानीति परिवर्तन गर्दै कि एजेण्डा बलियो बनाउनु पर्थ्यो कि त मधेसी दलसहितको गठबन्धन, त्यसको लागि काँग्रेस अाफै लचिलो हुनु पर्थ्यो । केही नेताहरुले सांसद र मन्त्री बन्‍ने सपना देख्न छोड्‍न तयार भएको भए यो हारको भोग्नु पर्ने थिएन नै । चुनाव सम्पूर्ण परिणाम अाएपछि काँग्रेसका हारका अरु धेरै कारणबारे चर्चा गरौंला, त्यो गर्दा उसमाथि न्याय हुन्छ । अझै धेरै स्थानमा मगणना जारी रहेको छ भेन समानुपातिक तर्फको पनि गणना भइरहेको छ । अहिले नै काँग्रेसका हारका कारणमाथि विश्लेषण गरिनु हुँदैन । यसैबीच पत्रकार हरिहरसिंह राठौरले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई अध्‍यक्ष प्रचण्डले नै हराउन लगाएको बताएका छन‍् । केपी र प्रचण्डको नामै किटेर सार्वजनिक रुपमा यो टिप्पणी गर्ने सम्भवत पत्रकार राठौर पहिलो व्यक्‍ति हुन् । उनले केपी शर्मा ओलीलाई संकेत गर्दै गौतमले प्रधानमन्त्री हुन्छु भनेका कारण हराएको बताएका छन् । त्यसैगरी श्रेष्ठलाई पनि प्रचण्डकै इसारामा हराइएको दाबी गरेका छन् । नेपाला पत्रकार महासंघका केन्द्रीय सदस्यम समेत रहेका पत्रकार राठौरले अनलाइन डबलीको एउटा समाचारमा कमेन्ट गर्दै भने, ‘माकेले होइन अबको प्रधानमन्त्री म हुँ भनेकैले हुनेवाला प्रधानमन्त्रीले हराएका हुन्, नारायणकाजीलाई हराउने पनि प्रचण्डकै इसारा हो । पत्रकार राठौर जस्तै सामाजिक संजालमा केपी र प्रचण्डले पार्टीभित्रका बलिया प्रतिस्पर्धीलाई योजनामै हराएको बताएका छन् । स्रोत- अनलाइनडबलीबाट

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर