• Breaking News

    रातारात सुटुक्क नेपाल किन आए लोकमानसिंह कार्की

    मंसिर २७, २०७४ काठमाडौं–मान्छेहरुको मनबाट अझैंपनि लोकमानको ‘अख्तियार आतंक’ࢍ हराइरहेको छैन । कहाँ होलान् ती लोकमान, जो पोहोरसम्म पनि देशको शासन प्रशासन सबैलाई ठेगान लगाएर आफ्नो प्रभूत्व कायम राख्न चाहन्थे ? पत्तो लागेको छ कि उज्यालोमा निस्किए अरुले देख्लान् भनि मध्यराती सट्याकसुटुक काठमाडौं छिरेका छन् । अदालतबाट अख्तियार प्रमुखमा अयोग्यता ठहर भएलगत्तै संसदमा विचाराधिन रहेको महाभिषृग प्रस्ताव स्वतः निष्क्रिय भएपछि देश छाडेर हिँडेका लोकमान मंसिर ७ गते राती १२ बजे जेट एयरवेजको दिल्ली–काठमाडौं उडानबाट अवतरण भएको खबर जनआस्था साप्ताहिकले छापेको छ । अख्तियारबाट बर्खास्त भएसँगै देश छाडेर पहिला दिल्ली र त्यहाँबाट उनी क्यानडा पुगेका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर