• Breaking News

    ओलीको चेतावनी व्यवास्था गर्दै देउवाले गरे प्रदेश प्रमुख तोक्ने घोषणा

    २०७४ मंसिर २७ काठमाण्डु, २७ मंसिर– सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ । सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले दिएको जानकारीअनुसार सम्भवत बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखको नियुक्तिका बारेमा छलफल गर्नेछ । संविधानविद् भीमार्जुन आचार्यका अनुसार प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिरफारिसमा राष्ट्रपतिले गर्ने हो ।संविधानअनुसार प्रत्येक प्रदेशमा नेपाल सरकारका प्रतिनिधिका रुपमा प्रदेश प्रमुख रहने उल्लेख छ । प्रदेश प्रमुखले नै मुख्य मन्त्रिको नियुक्ति गर्नेछ । हिजोमात्र एमाले अध्यक्ष केपी ओलीले ढल्न लागेको सरलो प्रदेश प्रमुख तोक्न नहुने भन्दै तोके आफ्नो सरकारले हटाउने चेतावनी दिएका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर