यी हुन् कांग्रेसका १५ हारको नजिक पुगेका र हारिसकेका ‘हेभीवेट’हरु मंसिर २३ । देशभरि बाम गठबन्धनको लहरले नेपाली कांग्रेसका भीआईपीहरु हारको नजिक पुगेका छन् । १. शेखर कोइराला- कोइराला मोरङ क्षेत्र नं. ६ बाट एमाले नेता लालबाबु पण्डितबाट पराजित भएका छन् । २. कृष्णप्रसाद सिटौला- झापा क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले सिटौलालाई हराउने पक्का जस्तै बनेको छ । ३. विजय कुमार गच्छदार- सुनसरी क्षेत्र नं. ३ बाट एमालेकी भगवती चौधरीले गच्छदारलाई पराजयउन्मुख गराएकी छिन् । ४. विमलेन्द्र निधि- धनुषा ३ मा राजपाका राजेन्द्र महतोले निधिलाई पराजित गर्ने सम्भावना बढेर गएको छ । ५. चीनकाजी श्रेष्ठ- गोरखा क्षेत्र नं. १ बाट श्रेष्ठलाई एमालेका हरिराज अधिकारीले पछाडि पारेका छन् । ६. रामशरण महत- नुवाकोट १ मा माओवादीका हित बहादुर तामाङले महतलाई पराजित गर्ने भएका छन् । ७. अर्जुन नरसिंह के.सी- नुवाकोट २ मा एमालेका नारायण खतिवडाले केसीलाई पराजित गर्दैछन् । ८. प्रकाशशरण महत- काठमाडौं क्षेत्र नं. ५ बाट एमालेका महासचिव ईश्वर पोखरेलले महतलाई पराजित गर्दैछन् । ९. नवीन्द्रराज जोशी- काठमाडौं क्षेत्र नं. ८ बाट जोशीलाई एमालेका जीवनराम श्रेष्ठले पराजित गरेका हुन् । १०. रामचन्द्र पौडेल- तनहुँ क्षेत्र नं. १ मा पौडेललाई एमालेका कृष्ण कुमार श्रेष्ठले पराजित गर्ने सम्भावना बढेर गएको छ । ११. चन्द्र भण्डारी- गुल्मी क्षेत्र नं. १ मा एमालेका प्रदीप ज्ञवालीले चन्द्र भण्डारीलाई पराजित गर्ने भएका छन् । १२. दीप कुमार उपाध्याय- कपिलवस्तु क्षेत्र नं. १ मा माओवादीका चक्रपाणी खनाल (बलदेव) उपाध्याय भन्दा अगाडि रहेका छन् । १३. पूर्ण बहादुर खड्का- सुर्खेत क्षेत्र नं. १ बाट खड्का एमालेका ध्रुवकुमार शाही भन्दा पछाडि परेका छन् । १४. उदय शमसेर राणा- ललितपुर क्षेत्र नं. १ बाट राणा एमालेका नवराज सिलवालबाट पराजित हुने भएका छन् । १५. विश्वप्रकाश शर्मा- झापा क्षेत्र नं. १ मा माओवादीका सुरेन्द्रकुमार कार्की विश्वप्रकाश भन्दा अगाडि रहेका छन्
No comments:
Post a Comment