• Breaking News

    नेपाललाई बधाई दिँदै संयुक्त राष्ट्रसंघले चुनाबको मुखमा अचानक यसो भन्यो

    २०७४ मंसिर २३ गते काठमाण्डु, २३ मंसिर – संयुक्त राष्ट्रसंघले नेपालले संघीय र प्रान्तीय सभाका लागि निर्वाचन सम्पन्न गरेकोमा स्वागत गरेको छ ।न्यूयोर्कमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ताले आज एउटा विज्ञप्ति जारी गर्दै महासचिवले बधाई दिएको बताएका हुन् । संघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिपूर्ण रुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा स्वागत गर्दै नेपाली जनतामा बधाई ज्ञापन गरेका छन् । नेपालको संविधानअनुसार संघीय संरचना कार्यान्वयनका निम्ति सम्पन्न निर्वाचन ऐतिहासिक क्षण हो भन्दै महासचिवले राजनीतिक दल, नेपाल सरकार तथा नागरिक समाजका अगुवालाई समावेशी एवं प्रतिनिधिमूलक शासन व्यवस्थाको प्रवद्धन गर्न प्रोत्साहन गरेका छन् । नेपाल सरकार, राजनीतिक दल तथा नागरिक समाजबाट समावेशी एवं प्रतिनिधिमूलक शासन व्यवस्थाको प्रवद्धनमा हुने प्रयासमा राष्ट्र संघबाट साथ सहयोग र समर्थन रहने महासचिवको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर