काठमाडौं, २५ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ्रैन । तर, प्रतिनिधिसभामा नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने भने निश्चित भइसकेको छ । यस्तै प्रदेशसभा पनि वाम गठबन्धनकै सरकार बन्ने देखिएको छ । प्रजातान्त्रिक शक्तिको रुपमा रहेको कांग्रेसको प्रतिनिधिसभामा कमजोर उपस्थिति रहने देखिएको छ । यही पेरिफेरी र भारतको कूटनीतिक असफलतालाई जोडेर भारतीय कूटनीतिक विश्लेषक एमके भद्रकुमारले भारतको हातबाट नेपाल फुत्किएको विश्लेषण गरेका छन् । वाम गठबन्धनमा कम्युनिष्ट पार्टी रहेका र उनीहरु भारतसँग भन्दा चीनसँग नजिक हुन चाहने उनको तर्क छ । गएको शनिबार एसिया टाइम्समा विश्लेषक एमके भद्रकुमारको विश्लेषण प्रकाशित भएको थियो । जसमा उनले अब भारतको अर्बिटबाट नेपाल फुत्केको विश्लेषण गरेका छन् । दक्षिण एसियामा राजनीतिक नक्सा नै परिवर्तन भएको विश्लेषण गर्दै उनले लेखेका छन्, ‘नेपालमा संसदीय निर्वाचनको मतपरिणाम आइरहँदा कम्युनिस्ट पार्टीहरू सम्मिलित वाम गठबन्धनले विशाल बहुमत ल्याएको छ र उसैले अब सरकार बनाउनेछ । वाम गठबन्धन सतहमा चीनसमर्थक देखिन्छ ।’ नरेन्द्र मोदी सरकारको कूटनीतिक असफलतालाई जोडेर विश्लेषक भद्रकुमारले नेपालमा भारतको प्रभाव कम पर्दै गएको बताएका छन् । नेपालको आन्तरिक मामलामा भारतको हस्तक्षेपकारी भूमिका, नाकाबन्दीजस्ता गतिविधि नेपाली नागरिक र नेताका लागि असह्य रहने कुरा भुलेर मोदी सरकारले सानो छिमेकी मुलुकमाथि ‘मुढेबलमा आधारित कूटनीति’ अपनाएकाले भारतको अर्बिटबाट नेपाल फुत्किएको उनको विश्लेषण छ । भारतको अर्बिटबाट नेपाल फुत्कनुमा लामो तर्क गर्दै आफ्नो विश्लेषणमा भद्रकुमार लेख्छन्, ‘नेपाल धर्मनिरपेक्ष राष्ट्र रहन चाहन्छ कि हिन्दू राष्ट्र भन्ने कुरा नेपालले नै निर्णय गर्ने हो । नयाँ दिल्लीले नेपाललाई आफ्नो बाटो हिँडेकोमा सजाय दिन पाउँदैन । प्रस्ट रूपमा भन्नुपर्दा दुई वर्षअघि नेपाललाई दबाब दिनका लागि दुई महिनासम्म आर्थिक नाकाबन्दी लगाउनु नै भारतको मूर्खता थियो । त्यस नाकाबन्दीका कारण इन्धन, खाना पकाउने ग्यास, औषधि र अन्य सामानको आपूर्तिमा कमी आएर नेपालीलाई अप्ठारो पा¥यो । मधेशीहरू( भारतबाट आएका)ले भारतको हितमा काम गरेको धारणा नेपालमा प्रबल बन्यो । भारतले नेपालमा महाभूकम्प जाँदा उद्धार कार्यमा पनि अव्यवस्था देखाउँदै चिनियाँहरूसँग पब्लिक रिलेसन्समा प्रतिस्पर्धा ग¥यो । नेपालीहरू भारतको यो रवैया देखेर रिसाए । भारतीय कूटनीति त्यसपछि कहिल्यै सम्हालिन सकेन ।’ भारतको गलत कूटनीतिक नीतिले भारतको प्रभाव नेपालमा कमजोर बनेको तर्क गर्ने उनी थप उल्लेख गर्छन्, ‘नयाँ दिल्लीले हालैका केही महिनामा (भारतका हिन्दू राष्ट्रवादी समूहसँग निकटता भएका) नेपालको पूर्व राजपरिवार निकट समूहसँग सम्झौता गरेको खबर सार्वजनिक भयो । यसले लोकतान्त्रिक शक्तिहरूलाई थप चिढ्याएको हुनुपर्छ । समग्रमा, नेपालमा भारतले एउटालाई उचाल्ने अर्कोलाई पछार्ने जस्ता घिनलाग्दा र अवसरवादी प्रयास गरेर कुरा यसरी बिगारेको छ कि कुनै पनि राजनीतिक शक्ति नयाँ दिल्लीको हात समात्ने इच्छा राख्दैनन् ।’ भारतीय नाकाबन्दीका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको दूरी छोट्याएर भारतसँगको दूरी लम्ब्याएको विश्लेषण हुने गरेको थियो । भारतीय कूटनीतिक विश्लेष भद्रकुमारले भनेका छन्, ‘अन्ततः भारतको अर्बिटबाट नेपाल फर्कने सम्भावना कम राख्दै फुत्किएको छ ।’
No comments:
Post a Comment