• Breaking News

    यी हुन् संसारका सबैभन्दा साना ५ देश, जसको नाम समेत धेरैलाई थाहा छैन |

    एजेन्सी। आधिकारिक रुपमा संसारमा २ सय भन्दा बढी देश छन् । यीमध्ये रुस, चीन, अमेरिका, भारतजस्ता ठूला देश त छँदैछन् केही देश यतिसम्म साना छन् कि तिनीहरुको नामसमेत धेरैलाई थाहा छैन । आउनुहोस् संसारका सबैभन्दा साना ५ देशको बारेमा जानकारी लिउँ जसको बेरेमा धेरैलाई थाहै छैन । १. द रिपब्लिक अफ पलाउ यो देशलाई संसारका चार सबैभन्दा साना देशहरुमा गनिन्छ । यो टापु फिलिपिन्सको पूर्वमा छ । प्रशान्त महासागरको यो सानो टापुको जनसंख्या २१ हजार ३४७ छ । यो देश करिब ३ सय साना साना टापु मिलेर बनेको छ । २. सेन्ट किट्स एण्ड नेविस यी दुई क्यारेवियन द्वीप १ सय ६२ वर्गमिल क्षेत्रमा फैलिएका छन् । यहाँको जनसंख्या करिब ५२ हजार ५ । यहाँ चिनीका कैयौं उद्योगहरु छन् । ३. न्यू ए ओशिनियामा रहेको यो देश १६२.४६ वर्गमिल क्षेत्रफलमा फैलिएको छ । यहाँ १५०० को आसपासमा जनसंख्या छ । यो देश प्राकृतिक रुपमा सुन्दर भए पनि पर्यटकको बीचमा परिचित हुन सकेको छैन । यहाँ मात्र एक सुपरमार्केट छ तर यहाँ एयरपोर्ट पनि छ । ४. प्रिन्सिप्यालिटी अफ हट रिभर ४६.६ वर्गमिल क्षेत्रफलमा फैलिएको यो देश अस्ट्रेलियामा छ । यहाँ मात्र ३० जना बस्छन् । यो देशलाई अन्य देशले मान्यता दिएका छैनन् तर यो देशको आफ्नो राष्ट्रिय निशान छाप, पासपोर्ट र मुद्रा पनि छ । ५. तुवालु यो देश मात्र १६ वर्गमिल क्षेत्रफलमा फैलिएको छ । यो टापु हवाइ र अस्ट्रेलियाको बीचमा पर्छ । यो देश संसारकै सबैभन्दा सानो देश हो र संसारको सबैभन्दा गरिब देश पनि यही हो । यो देश १९७८ मा बेलायतबाट स्वतन्त्र भएको थियो । यहाँको कूल जनसंख्या १० हजार ९५९ छ [

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर