• Breaking News

    राजघराना शैलीमा विनोद चौधरीको छोराको बिवाह,प्रधानमन्त्री देखि कलाकार सम्मको उपस्थिति

    काठमाण्डु, १६ मंसिर– उद्योगपति विनोद चौधरीले आफ्ना छोरा वरुण चौधरीको विवाह भारतको उदयपुरमा भव्यताका साथ सम्पन्न गरेका छन् । चौधरीको वैवाहिक समारोहलाई भारतीय सञ्चारमाध्यमहरूले समेत शाही विवाहका रूपमा प्रस्तुत गरेका थिए । भारतको उदयपुरमा आयोजित वैवाहिक समारोहमा वरुणले राजस्थान राज्यको जयपुर सहरकी अनुश्री टोंग्यासँग परम्परागत विवाह गरेका हुन् । वरुण र अनुश्रीको शाही विवाहमा श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिंघे, बलिउड अभिनेता सलमान खान, शत्रुघ्न सिन्हा, गायक मिका सिंह, मोडल डिनो मोरियो, गायिका कनिका कपुर, लेखिका शोभा डेसहित नेपाल तथा भारतका थुप्रै प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए । विभीन्न सहरबाट आएका ३५ जना पण्डितले वैवाहिक समारोह मारवाडी शैलीमा दुलाहा–दुलहीलाई जग्गे घुमाएका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर