विराटनगर : मोरङका ६ निर्वाचन क्षेत्र मध्ये निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मत सार्वजनिक भएको छ। जसमध्ये प्रतिनिधिसभा सदस्य कांग्रेसका उम्मेदवार मिनेन्द्र रिजालले २३ सय ३ ल्याएका छन् भने वाम गठबन्धनका उम्मेदवार ऋषिकेश पोख्रेलले १९ सय ५५ मत प्राप्त गरेका छन्। त्यस्तै निर्वाचन क्षेत्र नम्बर ६ को समेत पहिलो प्रारम्भिक मत सार्वजनिक भएको छ। एमाले नेता लालबाबुु पण्डितको २६ सय २४ मत आएको छ भने कांग्रेसका शेखर कोइरालाको २२ सय ८६ मत आएको छ। अहिले ६ निर्वाचन क्षेत्रका १८ ओटा स्थानमा मत गणना जारी छ।
No comments:
Post a Comment