• Breaking News

    गच्छदारले गद्धार गरेपछि भगवतीले राखिन् यस्तो माग

    सुनसरी, २५ मंसिर – सुनसरी– ३मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले पुनः मतदानको माग राखेकी छिन् । मतगणनाका क्रममा नेपाली कांग्रेसका विजयकुमार गच्छदार पक्षमा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि चौधरीले पुनः मतदानको माग राखेकी हुन् । सुनसरीको सदरमुकाम इनरुवास्थित जिल्ला समन्वय समितिको हलमा गणना भइरहेको बेला ९ वटा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि अहिले मतगणना स्थगित भएको छ । चौधरीका प्रतिद्वन्दी नेपाली कांग्रेसका विजयकुमार गच्छदार एक सयको मतान्तरमा उनीभन्दा पछाडि छन् । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार चौधरीको २९ हजार ३ सय २६ र गच्छदार २९ हजार १ सय ७१ मत प्राप्त गरेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर