। चुनाव अघिसम्म वाम एकताको आश्वासन दिँदै गठबन्धन बनाएर दुई तिहाइ पु¥याउने लक्ष्यका साथ अघि बढेका एमाले र माओवादी केन्द्रका बीचमा अब कसरी पदको बाँडफाँट हुन्छ भन्ने विषयमा चासो बढ्न थालेको छ । हिजोसम्म नेपाली कांग्रेसको सत्तोसराप गर्नमा व्यस्त देखिएका एमाले अध्यक्ष ओली अब एमाले एक्लै सरकार चलाउने अवस्थामा पुगेमा पुष्पकमल दाहाललाई पानीको माछो टिपेर पानी बाहिर फालेजस्तै फाल्ने तयारीमा पुगेको बताइएको छ । अब ओलीलाई माओवादीसँग एकता गर्दा पार्टीभित्रको पदस्य बाँडफाँट मिलाउन समस्या देखिएको छ । अझ ओलीलाई आफ्नै पार्टीका वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलाई व्यवस्थापन गर्न समस्या पर्ने देखिएपछि बिस्तारै दाहाललाई पन्छाउने षड्यन्त्रमा लागेको बताइन्छ । चुनावी प्रचारका क्रममा उनले कम्युनिस्ट गठबन्धनले चुनाव जिते नेपालमा ५० वर्षसम्म वाम शक्तिले शासन गर्ने बताउँदै आएका थिए । अहिलेको संविधानले आगामी पाँच वर्षभित्रमा पुनः जनतामा जानुपर्ने व्यवस्था गरेको छ । अर्कोतर्फ गठबन्धनमा विवाद आए दुई वर्ष पुग्नेबित्तिकै उनले सरकार सञ्चालनका लागि फेरि संसद्मा अनुमोदन गराउनुपर्ने हुन्छ । माओवादीसँग पार्टी एकता गर्दा माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री वा पार्टीको अध्यक्ष माग्दछन् । त्यो हुँदा एमाले नेताहरू माधव नेपाल, झलनाथ खनाल तथा वामदेव गौतमहरू जिल्ल पर्ने भएकाले अब ओलीलाई दाहालको व्यवस्थापन चुनौती बनेको छ । यता, माओवादी अध्यक्ष दाहाल पनि प्रधानमन्त्री वा पार्टीको अध्यक्ष नभएसम्म एमालेसँग पार्टी एकता गर्ने पक्षमा देखिएका छैनन् । उनले आफू एकीकृत पार्टीको अध्यक्षसहित ४० प्रतिशत केन्द्रीय समिति र स्थायी कमिटीमा स्थान पाउनुपर्ने पक्षमा रहेका छन् । माओवादीलाई ४० दिँदा एमालेमा माधव नेपाल र वामदेव गौतम पक्षले १० प्रतिशतमा चित्त बुझाउनुपर्ने अवस्था आउनेछ । तर, अहिले पनि माधव र गौतम पक्ष एक भए भने ओली पक्ष अल्पमतमा पर्ने सम्भावना उत्तिकै छ । आन्तरिक रूपमा सहमति नजुटे चुनावी गठबन्धनपछि पार्टी एकतासम्मको तयारी गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल अन्ततः विभाजन हुने अवस्थामा पुग्नेछन् । मंसिर १० मा मतदान सम्पन्न भएका ३२ जिल्लाका ३७ क्षेत्रमा गठबन्धनमा भएको सहमतिअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा मत नखसेपछि एमाले माओवादीप्रति चिढिएको छ । ३२ जिल्लाका ३७ वटै क्षेत्रमा एमालेले एकलौटी गरेको भन्दै माओवादी नेताहरू पनि गठबन्धनप्रति असन्तुष्ट बनेका छन् । दोस्रो चरणमा पनि दुई दलका बीचमा ठूलै असन्तुष्टि देखिएको छ । यता, माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि कांग्रेस बराबरीमा आफ्नो हैसियत आए एमालेसँगको एकता तोड्ने तयारीमा रहेका छन् । एमालेबाहेकका दलसँग सहकार्य गर्दा पाँच वर्ष माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना रहे दाहालले एमालेसँगको गठबन्धन तोड्ने धेरैले विश्लेषण गर्न थालेका छन् । एमाले माओवादी गठबन्धनप्रति एमालेभित्रै पनि दुई धार देखिएको छ । चुनावपछि कांग्रेसको सहयोगमा एमालेको असन्तुष्ट धारको नेतृत्व लिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् । यसका खेलाडी हुन् वरिष्ठ उपाध्यक्ष वामदेव गौतम, गौतम पनि मौका मिले गठबन्धनलाई लत्याएर प्रधानमन्त्री बन्ने दाउमा रहेका छन्, देशान्तरमा उल्लेख छ । एमालेमा माधव नेपाल र वामदेव गौतमबीच एकता भए अध्यक्ष ओली अल्पमतमा पर्ने गणितीय हिसाबले नै देखाएको छ । तर, माओवादी अध्यक्ष दाहाल एमालेबाट प्रधानमन्त्री स्वीकार्ने पक्षमा देखिएका छैनन् । एमालेमा नेपाल र गौतमबीच धार मिले नेपाल र नमिले गठबन्धन टुटेपछि दाहाललाई प्रधानमन्त्री दिने भन्ने चर्चा पनि कांग्रेसमा सुरु भएको छ ।
No comments:
Post a Comment