• Breaking News

    यौन दुर्व्यवहार गर्ने प्रिन्सिपललाई यसरी दलियो कालोमोसो




    भाद्र १९, दाङ । दाङको धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकेडेमीका प्रिन्सिपल वीरबहादुर घर्तीलाई नेकपा निकट क्रान्तिकारीले कालोमोसो दलेको छ ।

    प्रिन्सिपल घर्तीले विद्यालयका छात्रालाई पटकपटक यौन दुर्व्यवहार गरेकाले उनलाई कारबाही गरिएको क्रान्तिकारीका राप्ती ब्युरो संयोजक नरेन्द्र विकले जानकारी दिए ।

    प्रहरीले भने घर्तीलाई कालोमोसो दल्ने र जुत्ताको माला लगाउनेको खोजी भइरहेको जनाएको छ ।

    सो घटनामा प्रयोग गरेको रा३प ६१८५ नम्बरको मोटरसाइकल र रा१ज ५३८ नम्बरको जिप प्रहरीले नियन्त्रणमा लिएको दाङ प्रहरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।


    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर