डडेल्धुरा, ७ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेताहरु चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरा पुगेका छन् । ओलीसँगै माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ र एमाले प्रदेश नम्बर ७ का संयोजक भीम रावल विहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा आउँदा सदरमुकाममा हजारौं नेता कार्यकर्ताको उपस्थिती देखिएको छ । एमाले र माओवादी केन्द्रले वाम गठबन्धनका उम्मेदवारका पक्षमा माहोल बनाउन आयोजित चुनावी सभालाई ओली, बादल र रावलले सम्बोधन गर्दैछन् । चुनावी सभामा पुत्रशोकमा रहेका प्रचण्ड आउने भनिएपनि अन्तिम समयमा प्राविधिक कारणले आउन सकेनन् । डडेल्धुरामा वाम गठबन्धनका तर्फबाट खगराज भट्ट उम्मेदवार छन् । उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग तेस्रोपटक प्रतिस्पर्धा गर्दैछन् ।
No comments:
Post a Comment