दाङ, २३ मंसिर – दाङ क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट निर्वाचित भैसकेपछि एमाले नेता शंकर पोख्रेलले आफु नै ५ नम्बरको मुख्यमन्त्री बन्ने पक्का भएको बताएका छन् । शीर्ष नेताले नै आफुलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएकाले अब प्रदेश नम्बर ५ को मुख्यमन्त्री हुने नेता पोख्रेलको दावी छ । ‘शिर्ष नेताले नै मलाई तपाइँ नै मुख्यमन्त्री हो भन्नुभएको छ, अबको ५ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हो’, विजयी ¥यालीमा नेता पोख्रेलले भने । पोख्रेल दाङको क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट शंकर पोख्रेल २० हजार ७ सय २३ मतसहित विजयी भएका हुन् । उनका प्रतिष्पर्धी काँग्रेसका कमलकिशोर शर्मा घिमिरेले ११ हजार १ सय ७२ मत मात्र ल्याए । अहिले नेता पोख्रेलको समर्थनमा विजयी ¥याली निस्किएको छ । दाङ क्षेत्र नम्बर २ बाट नै उठ्ने तयारी गरेका पोख्रेललाई प्रदेश नम्बर ५ को मुख्यमन्त्री बनाउने भनेपछि उनी त्यो क्षेत्र माओवादीका कृष्ण बहादुर महरालाई छाड्न तयार भएका थिए । पोख्रेलले प्र्रतिनिधिसभाको क्षेत्र नम्बर २ छाड्न नमानेपछि उनलाई मुख्यमन्त्री बनाउने सहमती भएको थियो । सहमती अनुसार २ नम्बरमा माओवादीका कृष्ण बहादुर महरालाई बामले उम्मेदवार बनाएको छ ।
No comments:
Post a Comment