जारी मतगणनामा मोरङ २ मा नेपाली कांग्रेसका उम्मेदवार मिनेन्द्र रिजालले मतान्तर फराकिलो बनाएका छन्। पछिल्लो मत परिणामअनुसार रिजालले प्रतिष्पर्धी एमालेका ऋषी पोखरेलभन्दा १७०० बढी मत ल्याएका छन्। अब १० हजार मत गन्न बाँकी छ। ‘अब म जित्छु भन्ने आश छ,’ रिजालले भने। पछिल्लो मतपरिणाममा रिजालले २७८६४ र शर्माले २६२४० मत पाएका छन्। मतगणना जारी छ।
No comments:
Post a Comment