काठमाडौं । टिकापुर हत्याकाण्डका ‘फरार अभियुक्त’ रेशम चौधरी करिब २१ हजार मतान्तरले चुनाव जितेका छन् । यो सँगै उनको सिंहदरबारको यात्रा तय भएको छ । चुनाव जितेका चौधरीलाई भने अहिले सरकारले खोज्न सुरु गरेको छ । सरकारको यो खोजी कार्यले चौधरीको सिंहदरबारको यात्रा भने कठिन हुने देखिएको छ । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नावालक हत्या अभियोग लागेका चौधरी त्यतिबेला देखि नै नेपाल प्रहरीको फरार अपराधी हुन् । उक्त घट्नामा संलग्न अन्य २५ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाईसकेको छ । उनीहरु हाल जेलमा छन् । प्रहरीले चुनाव जितेपनी रेशमलाई पक्राउ गरेर अदालत बुझाउने बताएको छ । निर्वाचित चौधरी प्रमाणपत्र लिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा उपस्थित हुन समेत नसक्ने हुन कि भन्ने बुझिएको छ । कैलाली–१ बाट प्रतिनिधीसभा सदस्यमा निवाचित चौधरीले बाम गठबन्धनका उम्मेद्वार गरिमा शाहलाई पराजित गरेका हुन् । सरकारले फरार अभियुक्त रेशम चौधरीको खोजीकार्य तिब्र बनायो, अब के हुन्छ ? वारेसलाई प्रमाणपत्र नदिइने फरार अभियुक्त रेशम चौधरीका वारेसलाई निर्वाचित प्रमाणपत्र नदिने निर्णय गरेको छ। प्रहरीले गिरफ्तार गर्ने आशंकामा चौधरी आफैँ प्रमाणपत्र लिन आउन सकेका छैनन्। आयोगले सरकारले फरार सूचीमा रहेका चौधरीले राज्यको कानूनलाई सहयोग नगरेको कारण देखाई उनको वारेसलाई प्रमाणपत्र नदिने निर्णय गरेको हो। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रमुख निर्वाचन आयुक्त सहितको बैठकले चौधरी आफैं आए प्रमाणपत्र दिने तर वारेसलाई नदिने निर्णय गरेको छ । आयोगले चौधरी आफैं उपस्थित नभए निर्वाचन आयोगमा प्रमाणपत्र पठाउन जिल्ला निर्वाचन कार्यालय कैलालीलाई निर्देशन दिएको उनले जानकारी दिए। जिल्ला निर्वाचन कार्यालय कैलालीले प्रमाणपत्र के गर्ने भन्ने बिषयमा सोधेको रायको जवाफ दिदैं निर्वाचन आयोगले निर्णय गरेको प्रवक्ता ढकालले बताए। यसअघि निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका वारेस गणेश पन्तलाई निर्वाचित भएको प्रमाणपत्र दिएको थियो। निर्वाचनसम्वन्धी कानुनमा मुद्दा खेपिरहेकाको वारेसलाई के गर्ने भन्ने स्पष्ट व्यवस्था छैन।
No comments:
Post a Comment