• Breaking News

    बिहान १० बजेसम्म कुन दलले कति ठाउँ जिते कति ठाउँमा अग्रता – (ताजा अपडेट)

    काठमाडौं । पहिलो चरणअन्तर्गत मंसिर १० गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना बिहीवार साँझदेखि शुरु भएको छ । जारी मतगणनाको मतपरिणाम पनि क्रमश आउने क्रम शुरु भइसकेको छ । प्रारम्भिक मत परिणाम अनुसार बाम गठबन्धनले अग्रता लिएकाे छ । अहिलेसम्मकाे नतिजा अनुसार प्रतिनीधिसभा तर्फ एमालेले २ ठाउँमा जितेकाे छ भने माअाेवादी केन्द्रले १ र एमालेले समर्थन गरेकाे स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जितेका छन् । पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा गरी एमाले–माओवादीको वाम गठवन्धन ५ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेसले प्रदेशसभामा जीतको खाता खोल्दा स्वतन्त्र उम्मेदवार पनि एक ठाउँमा विजयी भएका छन् । रूकुम पूर्वमा माअाेवादी केन्द्रले क्लिन स्वीप गरेकाे छ । प्रदेश र प्रतिनीधि सभा दुबै तर्फकाे ३ अाेटै सिट माअाेवादी केन्द्रले जितेकाे छ । समग्रमा बाम गठबन्धनले भारी अन्तरले अग्रता लिएकाे छ । बाम गठबनधनले ३ प्रतिनीधि सभा सदस्यमा जितेकाे छ भने ३१ ठाउँमा अग्रता लिएकाे छ । यता नेपाली कांग्रेस जम्मा ३ ठाउँमा अगाडी छ उसले अहिले सम्म कुनै पनि ठाउँमा जित्न सकेकाे छैन । डा बाबुराम भट्टराइकाे नयाँ शक्ति पार्टीले १ ठाउँमा अग्रता लिएकाे छ । प्रदेशसभा तर्फ बाम गठबन्धनले ४ ठाउँमा जितेकाे छ भने ४१ ठाउँमा अग्रता लिएकाे छ । प्रतिनीधि सभा तर्फ जित/ अग्रता नेकपा एमाले – २/१८ नेकपा माअाेवादी केन्द्र १/१३ नेपाली कांग्रेस ०/३ नयाँ शक्ती ०/१ अन्य १/० प्रदेश सभा तर्फ जित/ अग्रता नेकपा एमाले – २/ २३ नेकपा माअाेवादी केन्द्र २/१८ नेपाली कांग्रेस ५/१ नयाँ शक्ती ०/० अन्य ०/०

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर