• Breaking News

    नेपाली कांग्रेसमा महा भुकम्प गगन थापाको आयो यस्तो चेतावनी

    काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेतृत्वबाट विश्राम लिन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुझाव दिएका छन् ।म त सकेसम्म नेताहरुलाई आफै बुझेर यो कुरा(विश्राम)लाई गरिदिनुस् भन्ने आग्रह र अनुरोध गर्छु, दबाब दिन्छु । त्यो मान्नुभएन भने साथीहरुसँग मिलेर संगठित हस्तक्षेप गर्ने प्रयासमा छु । उहाँहरुले छोड्नुपर्छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसको लज्जास्पद हारपछि गगनले आफ्नो एक अन्तर्वार्तामा देउवा र पौडेलले आफैले बुझेर विश्राम लिनुपर्ने भन्दै त्यो नगरिदिए संगठित हस्तक्षेप गरेर युवाहरुले नेतृत्व लिने चेतावनी दिए ।नेता थापाले चुनावी हारको समिक्षा र भावी कार्ययोजना बनाउन नेतृत्वले तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने माग समेत गरे । नेतृत्व युवालाई हस्तान्तरणबारे यस्तो छ गगनको धारणाः म त भन्छु निर्वाचनको मतपरिणाम सकिनासाथ पार्टीको पहिलो पुस्ताको नेताले आफै घोषणा गरेर शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतले ल अब हामीहरु थाक्यौ । सांसदको रुपमा, कांग्रेस केन्द्रीय सदस्यको रुपमा रहन्छौं । अब कार्यकारी पद लिदैनौं । अब नयाँ आउनुस् । चलाउनुस् भन्नुपर्यो । तपाईले भन्नुभयो कि नेतृत्वले नयाँ पुस्तालाई छोड्नुपर्छ । नेतृत्वले छोड्न चाँहेन भने ? भन्ने प्रश्नमा उनले अगाडि भने– मेरो प्रयास पहिला नेतृत्वलाई आफै विश्रामको घोषणा गराएर अघि बढ्ने हुनेछ । उहाँहरुले त्यो नगर्दाखेरी लडेर, जुधेर पनि त्यो गराउनुपर्छ । तर, कति सम्भव हुन्छ हेरौं । मैले पार्टीको महामन्त्री लड्ने बेलामा पनि त्यही कुरा भनेको हुँ । म आफू लड्नुपर्छ भन्ने छैन्, अरु कोही लड्नुहुन्छ भने पनि म तयार छु । के थियो भने त्यो पार्टीको निर्णय गर्ने पंक्तिमा फरक ढंगले सोच्ने एउटा व्यक्तिको उृपस्थिती आवश्यक छ । हामी बाहिरबाट पार्टीले यस्तो नगरोस् भन्छौं त्यो आवाज नै निर्णय गर्ने ठाउँमा पुग्यो भने त धेरैजसो त हामीले सोच्याजस्तो निर्णय पार्टीले गर्ला नी त ? म त सकेसम्म नेताहरुलाई आफै बुझेर यो कुरा(विश्राम)लाई गरिदिनुस् भन्ने आग्रह र अनुरोध गर्छु, दबाब दिन्छु । त्यो मान्नुभएन भने साथीहरुसँग मिलेर संगठित हस्तक्षेप गर्ने प्रयासमा छु । उहाँहरुले छोड्नुपर्छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर