तनहुँ– प्रेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा तनहुँका ६ वटै सिटमा बाम गठबन्धनको अग्रता रहेको छ । करिव तिन दशकदेखि एकछत्र राज गर्दै आएको नेपाली काँग्रेस तनहूँलाई यसपटकको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनले ठुलो धक्का पुग्ने संकेत देखिएको छ । तनहुँमा बाम गठबन्धनको अग्रतासँगै तनहुँका काँग्रेसी नेता तथा कार्यकर्तामा निराशा छाएको छ । तनहुँको क्षेत्र नं १ नेपाली कांग्रेसको गढ मानिएको स्थानमा समेत बामगठबन्धनका उम्मेद्वारले भारी मतले अग्रता लिएपछि कांग्रेस कार्यकर्तामा निरासा छाएसँगै पार्टी पंक्तिमा ठुलै भुकम्प गएको छ । शनिवार राति यो समाचार तयार पार्दा सम्मको मतगणनामा क्षेत्र नं १ मा ४० हजार २ सय ६२ मत गणना हुदाँ २ हजार ८२ मत बदर भएको छ । त्यसमा प्रतिनिधी सभाका उम्मेद्वार बामगठबन्धनका साझा उम्मेद्वार कृष्ण कुमार श्रेष्ठ किसानले २० हजार २०१ र नेपाली कांग्रेसका उम्मेद्वार रामचन्द्र पौडेलले १६ हजार १०६ मत ल्याएका छन् । श्रेष्ठले ४ हजार ९५ मतले अग्रता लिएका छन् । त्यसैगरी क्षेत्र नं १ को प्रदेश सभा क मा बामगठबन्धनका हरि बहादुर चुमानले १० हजार ९ सय ९१ र नेपाली कांग्रेसका रघु पौडेलले ९ हजार ६ सय ४५ मत ल्याएका छन् । चुमानले १ हजार ३४६ मतले अग्रता लिएका छन् । तनहुँको यो क्षेत्रमा नोपली कांग्रेसका पौडेलले २०४८ सालयता लगातार जित्दै आएपनि यो पटक भने उनले जित निकाल्ने सम्भावना लगभग अन्त्य भएको छ । क्षेत्र नं १ प्रदेश सभा ख मा बामगठबन्धनका रामबहादुर गुरुङले १० हजार ५ सय ९ र नेपाली कांग्रेसका गोविन्द भट्टराईले ७ हजार ९ सय ३० मत ल्याएका छन् । गुरुङले २ हजार ५ सय ७९ मतले अग्रता लिएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा ३२ हजार २९ मत गन्दा प्रतिनिधी सभाका बामउम्मेद्वार केदार सिग्देलले १८ हजार ९ सय ५७ र नेपाली कांग्रेसका शंकर भण्डारीले १५ हजार ९ सय ५० मत ल्याएका छन् । सिग्देलले ३ हजार ७ मतले अग्रता लिएका छन् । सोही क्षेत्रको प्रदेश सभा क मा बामगठबन्धनकी आशा कोइरालाले ७ हजार ६ सय २२ र नेपाली कांग्रेसका प्रदिप पौडेलले ६ हजार ४ सय ५० मत ल्याएका छन् । कोइरालाले १ हजार १ सय ७२ मतले अग्रता लिएकी छन् । प्रदेश सभा ख मा बामगठबन्धका उम्मेद्वार किरण गुरुङले १० हजार ६७ र नेपाली कांग्रेसका धु्रव वाग्लेले ९ हजार ४ सय ३२ मत ल्याएका छन् । गुरुङले ६ सय ३५ मतले अग्रता लिएका छन् । तनहुँमा कूल २ लाख ११ हजार ३९६ मतदाता रहेका छन् ।
No comments:
Post a Comment