• Breaking News

    समानुपातिकमा पनि एमालेको अग्रता

    निर्वाचन आयोगले दिएको साँझ ७ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले समानुपातिकतर्फ पनि अग्रता लिएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल साढे ८१ हजार मत गणना भइसक्दा एमालेले साढे ३३ हजारभन्दा केही बढी मत पाएको छ। नेपाली कांग्रेसले ३१ हजारभन्दा केही बढी मत पाएको छ भने माओवादी केन्द्र र उसको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकाहरुले करिब साढे १३ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ७६८, राष्ट्रिय जनता पार्टी नेपालले ६८४, नयाँ शक्ति पार्टी नेपालले ६०१, विवेकशील साझा पार्टीले ३६९ मत ल्याएका छन्।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर