विगतमा निर्वाचन भएलगत्तै स्वागत गर्ने छिमेकी भारत र चीन प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनपछि मौन छन् । तर, संयुत्तर राष्ट्रसंघ, युरोपियन युनियन र जापानले निर्वाचन शान्तिपूर्ण तथा स्वच्छ रुपमा सम्पन्न भएको भन्दै स्वागत गरेका छन् । भारतले निर्वाचन सम्पन्न भइसकेपछि मात्रै प्रतिक्रिया दिने भएको छ । आजको नयाँ पत्रिकामा खबर छ । भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले देल्लीबाट भने, -अहिले हामी हतारमा टिप्पणी गर्दैनौं । -सबै परिणाम आइसकेपछि हामी हार्दिकतापूर्वक धारणा राख्छौं । -घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं । -नेपालमा जसको सरकार गठन भए पनि हाम्रो सम्बन्धमा दायाँबायाँ हुँदैन । -हामी नेपालका सबै पक्षसँग निरन्तर सम्वाद र छलफलमा छौं । चीनले पनि निर्वाचन सम्पन्न भइसकेपछि प्रतिक्रिया दिने नेपालस्थित चिनीयाँ दूतावासका एक अधिकारीले बताए ।
No comments:
Post a Comment