• Breaking News

    अब भीमसेन थापाजस्तालाई प्रधानमन्त्री बनाउने कि शेरबहादुर जस्ता लेण्डुप दोर्जेलाई ?

    काठमाडौं । वरिष्ठ चिकित्सक तथा हृदयरोग विशेषज्ञ अरुण सायमीले आसन्न चुनावले भीमसेन थापाजस्ता देशभक्त प्रधानमन्त्री जन्माउने कि शेरबहादुर जस्ता देशविरोधी प्रधानमन्त्री जन्माउने विषयमा निर्णय लिने वताउनु भएको छ । एमाले महासचिव ईश्वर पोखरेलको वसुन्धरास्थित चुनावी अभियानमा सहभागिता जनाउनु भएका सायमीले शेरबहादुर देउवाले भनेजस्तो यो चुनाव प्रजातन्त्र र अधिनायकवाद बीच नभएको वताउनुभयो । ‘प्रधानमन्त्री शेरबहादुरजी भन्दै हुनुहुन्छ, यो चुनाव प्रजातन्त्र र अधिनायकवाद मध्ये कुन चुन्ने भन्ने हो । तर, यो झुठ कुरा हो’ सायमीले भन्नुभयो, ‘यो चुनाव भीमसेन थापाजस्ता प्रधानमन्त्री बनाउने कि शेरबहादुर जस्ता लेण्डुपदोर्जेलाई प्रधानमन्त्री बनाउने भन्ने चुनाव हो । देशभक्त र जनप्रिय प्रधानमन्त्री मनमोहन अधिकारी र केपी ओलीको सरकारलाई ढाल्ने शेरबहादुर देउवाजस्तालाई यो चुनावले फेरि प्रधानमन्त्री बन्न नसक्ने बनाउनुपर्छ । उहाँले नेपालका लोकप्रिय प्रधानमन्त्रीहरु विरुद्ध अविश्वास प्रस्ताव राख्ने र प्रजातन्त्र दरवारमा बुझाउने पात्र देउवा मात्रै पर्नु संयोग मात्र नभएको वताउनुभयो । ‘शेरबहादुर नै हो मनमोहन अधिकारीको जनप्रिय सरकारलाई ढाल्ने, शेरबहादुृर नै हो केपी ओलीको लोकप्रिय सरकार ढालेर भारत पुगेर मैले बहुमत पाएँ भने संविधान संशोधन गर्छु हजुर भन्ने’ सायमीले भन्नुभयो, ‘यस्ता पात्रलाई सधैंका लागि किनारा लगाउन यो चुनावले जनतालाई अवसर दिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर