सीता राम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले लोकतन्त्रको रक्षाका लागि अपील गरेका छन् । सामाजिक कार्यमा राम्रो नाम कमाएका उनीहरूले कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा गर्ने बताएका हुन् । ‘नेपाली कांग्रेसले लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ, उनीहरूले भनेका छन्, सबै जनताको हितका लागि नेपाली कांग्रेसका उम्मेदवारहरूलाई मतदान गर्नुपर्छ । टेलिभिजन कलाकारिताबाट आएका धुर्मुस–सुन्तलीले आफ्नै नाममा फाउण्डेसन बनाएर सामाजिक काम गर्दै आएका छन् । ‘कलाकार हुँदै सामाजिक क्षेत्रमा काम गरेका छौँ’ सीताराम कट्टेलले नेपालपाना डटकमसँग कुरा गर्दै भने, लोकतन्त्रमा मात्रै सबैको अधिकार सुनिश्चित रहन्छ । कम्युनिष्टहरूको अधिनायकवादले देश विकास हुँदैन । त्यसकारण हामीले कांग्रेसलाई भोट गर्न अपील गरेका छौँ । मतदान गर्ने समय आउन केही दिन मात्रै बाँकी रहेका बेला धुर्मुस–सुन्तलीले पनि कांग्रेसलाई समर्थन गरेका हुन् ।
No comments:
Post a Comment