• Breaking News

    नाक काटिदिने धम्की आएपछि रणवीर आफैले गर्दैछन् दिपीकाको सुरक्षा

    यो माया भन्ने चिज पनि कस्तो कस्तो ?? धेरैले रणवीर सिंह र दिपिका पादुकोणको जोडी देखेर भन्छन्, ‘लभ होस् त यस्तो…..वाह, क्या माया प्रेम अनि केयरिङ्ग।’ ‘पद्मावती’ चलचित्रको विवादले यतिबेला चरम रुप लिएको छ । सिनेमाकै कारणले एक युवाको मृत्यु समेत भईसकेको छ भने चलचित्रलाई लिएर सिनेमा युनिटलाई पनि बारम्बार धम्की आईरहेको संचारमाध्यमहरुले जनाएका छन् । राजपूत करणी सेनाले ‘पद्मावती’ नायिका दिपिकाको नाक काट्ने धम्की दिएपछि रणवीर २४ सै घण्टा दिपिकाको साथैमा हुन्छन आजकाल । शुकबार साँझ दिपिका निर्देशक जोया अख्तरको घर बाहिर देखिईन्, उनलाई निर्देशकको घरसम्म छोड्न स्वयं रणवीर आएका थिए । रणवीर सँगै दिपिकाको सुरक्षा मुम्बई पुलिसले पनि गरिरहेको छ । आजकाल दिपिका जहाँ जन्छिन् उनीसँगै पुलिस पनि तैनाथै हुने गरेका छन् । दिपिका जब जिममा पुग्छिन्, त्यहाँ पनि उनको साथमा पुलिस पुग्ने गरेका छन् । दिपिकालाई नाक काट्ने मात्रै नभएर ज्यान मार्ने खालका धम्की पनि आएपछि सुरक्षा थ्रेट बढेको भन्दै रणबीर उनको सुरक्षामा कुनै कसर बाँकी राख्न चाहदैनन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर