राजा पृथ्वीनारायण शाहले उपत्यका लगायत बाइसी चौबिसी राज्य जितेर नेपाल एकीकरण गरेका थिए ।नरभूपालशाह र रानी कौशल्यावतीको दाम्पत्यबाट गर्भ रहेको सात महिनामा नै (वि.सं.१७७९) जन्मेका पृथ्वीनारायणको लालनपालन, रेखदेख र शिक्षा दीक्षा भने जेठी महारानी चन्द्रप्रभादेवीबाट भएको हो । बीस वर्षे युवा अवस्थामा पृथ्वीनारायण गोरखा राज्यको गद्दीमा बसेका थिए । राजा भएलगत्तै नेपालको एकीकरणको महाअभियानमा होमिए पनि यसरी सतत् रूपमा युद्ध र संघर्ष गरेका उनी बाउन्न वर्षको उमेरमा जीर्णकायका भए । यसबेलासम्म पूर्वमा पल्लो किराँतसम्मका पहाडी भू-भागका साथै गण्डकी नदीदेखि कनकाइ नदीसम्मका तराई क्षेत्र पनि एकीकरणको दायराभित्र आइसकेका थिए। कीर्तिपुरको युद्धमा उनी आफै पनि झण्डै मारिएका थिए । उनले जीवनको अन्तिम क्षणमा आफ्ना दरबारिया तथा जनताका नाममा भाइभारदारहरूलाई जम्मा गरी सुनाएका कुराहरु नै दिब्य उपदेश हुन् । यो उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र मननयोग्य छ । यो उपदेश नुवाकोट देवघाट नजिक पृथ्वीनारायणले मौखिक बताउने र उपस्थित कोही कसैले लिपिबद्ध गरेका हुन् । कसले लिपिबद्ध गरेको भन्ने प्रष्ट एकीन नभए पनि उनका एक प्रिय सेनापति ‘बरब्शी’ अभिमानसिंह बस्नेतले पनि सारेर राखेका थिए भन्ने इतिहासमा उल्लेख छ । यिनैका वंशधर बखतमान सिंह बस्नेतको सौजन्यबाट इतिहास शिरोमणि बाबुराम आचार्यले प्राप्त गरी बाबुराम आचार्य र योगी नरहरिनाथको अथक प्रयासबाट पहिलो पटक छापिएको हो । उनको मृत्यु भने १८३१ भएको थियो । दिब्य उपदेशमा उनका हरेक वाक्यको ठूलो महत्व छ तर यहाँ हामीले १० वटा यस्ता दिब्य उपदेश प्रस्तुत गरेका छौ जुन हरेक सच्चा रास्ट्रप्रेमी नेपालीले एक पटक पढ्नैपर्ने खालका छन् । १- स्रोत साधनको सदुपयोग पृथ्वीनारायण शाहले स्रोत साधनको सदुपयोगका लागि सुझाव दिएका छन् । उनले खानी भएको ठाउमा गाउ भए पनि गाउलाई अन्यत्र सारेर खानी चलाउनु पर्ने तथा उब्जनी योग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्ने बताएका छन् । २- अदालतको पैसा दानमा खर्चिनु पृथ्वीनारायण शाह धार्मिक राजा हुन् । त्यसो त एकिaरणका क्रममा उनका थुप्रै धार्मिक यात्रा अध्ययन गर्न पाइन्छ । उनले दिएको उपदेशमा पनि धर्म कर्मका कुरालाई बिशेस प्राथमिकता दिएको पाइन्छ । उनले अदालतको पैसा दरबारमा नलैजान र त्यसको सदुपयोग जोगी, सन्यासी र ब्रह्मानलाई भोजन गराउन सुझाएका छन् । यसो गरे असत्य दोष नलाग्ने उनको बुझाइ छ ।
No comments:
Post a Comment