• Breaking News

    ललितपुर–२ मा, विवेकशील साझाले कती मत पायो( हेर्नुहोस पछिल्लो मत परीणाम)

    ललिलपुर– २ मा ६ हजार ९ सय ४ मत गन्दा नेकपा एमालेका उम्मेदवार झन्डै हजार मतले अगाडि छन्। निर्वाचन अधिकृत विनोदकुमार भट्टराईका अनुसार एमाले उम्मेदवार कृष्णलाल महर्जनले ३२३९ मत पाएका छन् भने कांग्रेस उम्मेदवार चन्द्र महर्जनले २२४५ मत पाएका छन्। त्यस्तै पहिलो पटक संसदीय चुनाव लडेको विवेकशील साझाका उम्मेदवार अमिरराज महर्जनले ६४३ मत ल्याएका छन्। ललितपुर महानगरको चुनावमा तत्कालीन साझा पार्टीका मेयर र उपमेयरले उल्लेख्य मत पाएका थिए। ५४ हजार भोट खसेको यो क्षेत्रको मतगणना जारी छ। प्रतिनिधि सभाको अन्तिम परिणाम आएपछि प्रदेश सभाको मतगणना गरिने निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर