• Breaking News

    नेताको दबाबले पक्राउ परेको तीन घण्टामै छुटे गुण्डानाइके मिलन

    चुनावका बेला शान्ति सुरक्षामा असर पार्न सक्ने भन्दै प्रहरीले पक्राउ गरेका बानेश्वर क्षेत्रका गुण्डा नाइके सेक्सी मिलन भनिने मिलन श्रेष्ठ तीनघण्टामै छुटेका छन् । कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवारको दबावमा उनलाई छाडिएको प्रहरी स्रोतले जनाएको छ । बानेश्वरलाई आधार क्षेत्र बनाएर लामो समयदेखि गुण्डागर्दी, अबैध असुली जस्ता गतिविधि गर्दै आएका मिलनलाई सो क्षेत्रमा ‘सेक्सी’ उपनामले चिनिन्छन् । उनका नातेदार काठमाडौं क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा उम्मेदवार छन् । मतदानको अघिल्लो दिन दाजु पक्राउ परेपछि उम्मेदवारले प्रकाशमान सिंहलाई सेक्सी मिलन छुटाउन आग्रह गरेका थिए । सिंहको दबावमा उनलाई कुनै पनि गलत हर्कत नगर्ने बचनपछि छाडिएको प्रहरी स्रोतले जनाएको छ । काठमाडौं प्रहरीका प्रवक्ता रामदत्त जोशीले मिलन सेक्सी पक्राउ परेको स्वीकार गरे । तर, उसले कुनै गलत गतिविधि नगर्ने र त्यस्तो गतिविधिको आधार पनि नभेटिएकाले रिहा गरिएको जोशीले बताए । प्रहरीले अन्य क्षेत्रमा पनि गुण्डागर्दीमा संलग्न व्यक्तिलाई निगरानीमा राखेको बताएको छ । यसअघि स्थानीय चुनावमा पनि प्रहरीले गुण्डागर्दी गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको थियो । प्रहरीले विशेष निगरानी राख्ने गरेका गुण्डा नाइकेहरु दीपक मनाङ्गे, गणेश लामा र मीनकृष्ण महर्जन तीनैजना आफैं उम्मेदवार भएका कारण पनि काठमाडौंमा गुण्डाहरुको चहल पहल खासै देखिएको छैन ।अनलाइनखबर

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर